Friday, December 4, 2020

महिला हिंसा विरुद्ध चक्रघट्टा गापाको औरहीमा रैली

 




लोकतन्त्र समाचारताता----

सर्लाही ,मंसिर १९

      २९ औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउने क्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहिवार रैली तथा  पालिका स्तरीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

   " लैङ्गिक  हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यवद्धता" भन्ने मुल नाराका साथ गापा अध्यक्ष बिक्रम यादवको प्रमुख आतिथ्यतामा  चक्रघट्टा गा.पा. वडा न-८ ,औरही महिला संजाले कार्यक्रमको आयोजना गरेको हो ।महिला संजालका अध्यक्ष लीलावती साहको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न किसिमका महिला हिंसा तथा घरेलु हिंसाको बारेमा अन्तरक्रिया गरिएको थियो ।

   अन्तरक्रियामा सहभागी भएका स्थानीय महिला तथा किशोरीहरुद्वारा विभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहित गाउँको परिक्रमा समेत गरिएको थियो ।कार्यक्रममा वडा न- ८ का वडाध्यक्ष राम कैलाश राउतको विशेष आतिथ्यता रहेको महिला संजालले जनाएको छ ।

No comments:

Post a Comment