गोडैतामा जेष्ठ नागरिक र एकल महिलाहरूलाई कम्बल वितरण गरियो
लोकतन्त्र समाचारदाता---
सर्लाही ,पुस १५
सर्लाहीको गोडैता नगरपालिकाले तराईमा जाडो बढेको भन्दै जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा (कम्बल) वितरण गरेको छ ।
गोडैता न.पा वडा नम्बर -११ माधोपुरमा आज एक कार्यक्रमका बिच उक्त वडाका सबै जेष्ठ नागरिक तथा एकल महिलाहरूलाई नगर प्रमुख देवेन्द्र यादवले न्यानो कपडा (कम्बल )वितरण गर्नु भएको हो ।
नगर उपप्रमुख , वडा न-११ का वडाध्यक्ष, वडा सदस्य लगायत स्थानीयबासीहरुको उपस्थितिमा उनीहरूलाई न्यानो कपडा (कम्बल) बितरण गरिएको गोडैता नपाको कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment