Wednesday, December 23, 2020

बसले टायर गाडालाई ठक्कर दियो,गाढा चालक गम्भीर घाइते




लोकतन्त्र समाचारदाता-----

सर्लाही ,पुस ८ 

     सर्लाहीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत  लालबन्दी नगरपालिका वडा न–१ नवलपुरमा यात्रु वाहक बसले  आज(बुधबार) बिहान  उखु बोकेको टायर गाढालाई  ठक्कर दिँदा गाढा चालक गम्भीर घाईते भएका छन् ।

    बिहान करिब पौने ६ बजेतिर नवलपुरबाट हरिवन स्थित इन्दुशंकर चिनी मिलमा उखु लोड गरेर जाँदै गरेको टायर गाढालाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–००१ ख ०७९७ नम्बरको शुभतारा डिलक्स बसले  ठक्कर दिँदा टायर गाढाका चालक लालबन्दी नगरपालिका वडा न-१ कै ३५ वर्षीय बजरंगी महतो गम्भीर घाइते भएका छन् ।दुर्घटनामा गाढा सँगै रहेका दुइवटा राँगा मध्ये एउटा राँगा  चोटग्रस्त भई गम्भीर घाईते भएको छ भने अर्को सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । 

     दुर्घटनामा गम्भीर घाइते भएका  गाढा चालक महतोको नवलपुरमा सामान्य उपचार पश्चात् थप उपचारकोलागि   काठमाण्डौं रेफर गरिएको प्रवक्ता कुवँरले जानकारी दिए ।बस र चालक इलाका प्रहरी कार्यालय हरिवनले  नियन्त्रणमा लिएको छ ।


No comments:

Post a Comment