Monday, December 28, 2020

मलंगवामा ओलीको कदमविरुद्ध प्रचण्ड-नेपाल समूहद्वारा मसाल जुलुस


 


सर्लाही ,पुस १३

     संसद विघटन विरुद्ध सर्लाहीको सदरमुकाम मलंगवामा  नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको समूहले मसाल जुलुस निकालेको छ ।

     संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले चालेको  कदमको विरुद्धमा  प्रचण्ड-नेपाल समूह देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ । सोही अनुसार प्रचण्ड नेपाल पक्षको आह्वानमा सोमबार(आज) साँझ मलंगवामा  मसाल जुलुस निकालेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य  दिनेश रायले जानकारी दिनुभयो ।

    प्रचण्ड -नेपाल समूह अहिले ओलीको  कदमविरुद्ध चरणबद्ध आन्दोलनमा रहेको र सोही अनुरुप पुष १२ गते ७७ जिल्लाहरूमा बैठक संचालन गर्ने तथा जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न गरी पार्टीलाई सशक्त बनाउन  अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने  कार्यक्रम रहेको रायले बताउनुभयो ।

    यस्तै   पुष १४ गते सम्पूर्ण जिल्लामा संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गर्ने निर्णय पनि गरेको उहाँले जानकारी गराउनुभयो ।


No comments:

Post a Comment