Saturday, December 19, 2020

लागुऔषध गाँजा सहित ३ जना पक्राउ

 



सर्लाही ,पुस ४

     सर्लाहीमा अवैध लागूऔषध गाँजा सहित ३ जनालाई   प्रहरीले पक्राउ गरेको छ ।

     सर्लाहीको इश्वरपुर नगरपालिका वडा न-१२ स्थित बाँके चौकबाट १ किलो ५ सय ग्राम  अवैध लागूऔषध गाँजा सहित महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा न-७ बस्ने शिवजी रायका छोरा २० वर्षिय रुपेश राय पक्राउ परेका हुन् ।


     गस्तीमा  खटिएको प्रहरी टोलीले बिहिवार साँझ बाँके चौकबाट बर्दिबास तर्फ जाँदै साइकललाई शंकालागेर चेकजाँच गर्दा साइकलको पछाडी केरियरमा तरकारी बोक्ने क्रेटमा बर्कोले छोपी लैंजादै गरेको  उक्त परिमाणको लागूऔषध  फेला पारी गाँजासहित रायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    यसैगरी,सोही साँझ  प्रहरीले  लालबन्दी  नगरपालिका वडा न-६ स्थित पश्चिमबाट पुर्वतर्फ आइरहेको बा ८३ प ८४७१ नम्बरको मोटरसाइकलबाट ३६.२६ किलो अवैध लागूऔषध गाँजासहित सिन्धुलीको डाबडाडा गाउँपालिका वडा न-१ बस्ने वर्ष ३५ को शक्ति लामा र रौतहटको चन्द्रपुर नपा वडा न-१ बस्ने वर्ष ४२ को प्रेम यादवलाई पक्राउ गरेको छ ।


       ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा जेब्रा झोला भित्र प्लास्टिकको पोकामा बेरेर राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।


No comments:

Post a Comment