Monday, December 28, 2020

प्रतिनिधिसभा विघटनको विरोधमा कांग्रेसद्धारा मलंगवामा प्रदर्शन

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १३

     प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली  कांग्रेस सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा बृहत बिरोध प्रदर्शन गरेको छ । काँग्रेसका केन्द्रीय स्तरका नेता तथा  कार्यकर्ताहरुको सहभागितामा प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्दै निकालिएको  विरोध र्याली  नगर क्षेत्रको परिक्रमा गर्दै मलंगवा स्थित  शहिद चौकमा गएर कोणसभामा परिणत भएको थियो । 

    कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेताहरुले  संबिधानको धारा ७६ मा उल्लेख भए बमोजिम  विकल्प भएको खण्डमा संसद विघटन नहुने भनिए पनि प्रधानमन्त्री  केपी शर्मा ओलीले चालेको  मनपरी कदमले असंवैधानिक तथा हिंसाको गतिविधिमा नेकपा संलगन रहेको आरोप लगाएका छन् । 

    सभालाई सम्बोधन गर्दै पार्टीका जिल्ला अध्यक्ष नागेन्द्र कुमार यादवले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर नेपालको संविधानलाई बलात्कार गरेको बताउनुभयो । यस्तो  असंवैधानिक र अलोकतान्त्रिक कार्यको विरोधमा नेपाली  काँग्रेस अझ सशक्त रुपमा आन्दोलन गर्ने उहाँले  चेतावनी दिए ।


No comments:

Post a Comment