Sunday, January 31, 2021

गोडैता र कौडेनाले ६८ औं विश्व कुष्ठरोग दिवस मनाए


गोडैता र कौडेनाले  ६८ औं विश्व कुष्ठरोग दिवस मनाए 


राधेश्याम कुशवाहा---

सर्लाही ,माघ १८

   "कोरोना महामारीमा हाम्रो संयमता समयमै कुष्ठरोगको व्यवस्थापनमा सक्रियता" भन्ने मुल नाराका साथ सर्लाहीमा आज(आइतबार) ६८ औं कुष्ठरोग दिवस मनाइएको छ ।संसारभर मनाइने यो दिवस जिल्लाको गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ ।  

    नेपालमा कुष्ठरोगी बिरामीको समिक्षा गर्दा  कुष्ठरोगको प्रकोपदर प्रति दस हजारमा ०.६ प्रतिशत रहेको छ । त्यस्तै प्रदेश २ मा ०.८९ प्रतिशत र  सर्लाहीमा जिल्लामा प्रति हजारमा १.० प्रतिशत  रहेको  छ। नेपाल सरकारले २०६६ माघ ५ गते नेपालमा राष्ट्रिय स्तरमा कुष्ठरोग निवारण भएको घोषणा गरेपनि कुष्ठरोगीको संख्यामा वृद्धि भइ आर्थिक वर्ष २०७६- ७७ मा  जम्मा १८५३ जना नयाँ कुष्ठरोगीहरु पत्ता लागेको छ ।

     गोडैता न.पा को बगदहमा २ , रामवनमा २  र सिसौटियामा १ गरी हाल जम्मा  ५ जना  कुष्ठरोगका बिरामीहरु रहेको  क्षय तथा कुष्ठरोग निरिक्षक शहाबुद्दिन मिकरानीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७६- ७७ मा  गोडैता न.पा मा कुष्ठरोग प्रभावित ९ जना र   प्रति हजारमा प्रकोप दर ०.९ प्रतिशत रहेको छ  । 

     यस्तै  कौडेना गापामा कुष्ठरोगको प्रकोप दर प्रति हजारमा २.६७ प्रतिशत रहेको कौडैना गाउँपालिकाका  स्वास्थ शाखा प्रमुख शम्भु यादवले जानकारी दिए ।उनका अनुसार फुलपरासीमा ७ र मोतिपुरमा एक गरी जम्मा ८ जना कुष्ठरोगको  सक्रिय बिरामी रहेका छन् ।

     कौडेनामा आयोजित  कार्यक्रममा ४ जना कुष्ठरोगीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । 

    कौडेनाको कार्यक्रममा गापा उपाअध्यक्ष  सुनिता देवी, प्रमुख प्रशासकिय अधिकृत उमाशंकर यादव, सबै वडाहरुका वडाअध्य लगायत कुष्ठरोगी बिरामीहरुको सहभागगित रहेको थियो भने गोडैताको कार्यक्रममा जनस्वास्थ अधिकृत देवशंकर मिश्र, जनस्वास्थ निरिक्षक बैजु शंकर राउत, वडाअध्यक्ष सरस्वती देवी, स्वास्थ शाखा प्रमुख प्रमोद पंडित, सामुदायिक विद्यालयका प्रधानाध्यापक लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment