Saturday, January 16, 2021

केपी ओलीको सरकार चारैतिरबाट असफल– राजेन्द्र महतो

 केपी ओलीको सरकार चारैतिरबाट असफल– राजेन्द्र महतो 


बखतियार अलि–

सर्लाही,माघ ३ 

   आफैले बनाएको संविधान माथि प्रतिगमन गरि संघीय लोकतान्त्रिक गणतन्त्रको मुल्य मान्यता विपरित कार्य गरि चारैतिरबाट केपी ओलीको सरकार असफल भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले बताउनु भएको छ । असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम खारेज गर भन्दै सर्लाहीको सदरमुकाम मलंगवामा भएको जनप्रदर्शन एवंम बिरोध सभालाई संम्बोधन गर्दै उहाँले यो कुरा बताउनु भएको हो ।

     सोही कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अर्का बरिष्ठ नेता  महेन्द्र यादवले बिरोध सभालाई संम्बोधन गर्दै  देशमा अब प्रतिनिधी सभा पुन:स्थापना तथा संविधानको रक्षा गर्न कांग्रेस, प्रचण्ड-माधव गुट र जनता समाजवादी पार्टी नेपाल एकजुट भएर अगाडी बढनु पर्ने कुरामा जोड दिनुभयो । जब सम्म संविधान सभा पुर्ण स्थापना हुदैन संविधान तथा लोकतन्त्रको रक्षाका लागि हाम्रो आन्दोलन जारी रहने नेता यादवले आफनो सम्बोधनमा भने ।

    कार्यक्रममा प्रदेश नं. २ का वन प्रर्यटन मन्त्री रामनरेश राय, संघीय सांसद चन्दा चौधरी, प्रदेश नं. २ का सांसद अशोक यादव लगायतका नेताहरुले पनि आफनो विचार राखेका थिए । त्यस्तै कार्यक्रममा आफनो मर्यादाक्रमलाई वेवास्था गरिएको भन्दै संघीय सांसद प्रमोद साह र प्रदेश सांसद संजय यादवले मंचको कार्यक्रमलाई बहिस्कार गर्दै मंचबाट तल बसेका थिए । केहि बेर सम्म कार्यक्रममा नेताहरु बिच चर्काचर्की समेत भएको थियो ।

आफुहरुलाई मर्यादाक्रम अनुसार आसन ग्रहन नगराएको र सम्बोधन गर्न नदिएको भन्दै सांसदद्वयले कार्यक्रम बहिष्कार गरेका थिए ।

     बिरोधसभामा हजारौंको संख्यामा   जनता समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment