Sunday, January 10, 2021

गाउँपालिका अध्यक्षले स्थानीयलाई कुटपिट गरेकाे भन्दै सर्लाहीको चक्रघटा गाउँपालिकामा दाेहराे झडप

 



एकजना घाईते , दर्जन भन्दा बढी  सवारी साधनहरुमा ताेडफाेड                    

बखतियार अलि----                                     

सर्लाही, पुस २६

     सर्लाहीको चक्रघटा गाउँपालिकामा गापा अध्यक्ष बिक्रम यादवले स्थानीय राम जिनिस साह कानु माथि निर्घात  कुटपिट गरेकाे भन्दै आज बिहान दुईपक्ष बिच दाेहराे झडप भएकाे छ ।  झडपमा परि चक्रघटा गाउँपालिका वडा न-६  बस्ने राम जिनिस साह कानुकाे टाउकाे, पिठयु, र खुट्टामा गम्भीर चाेट पटक लागेकाे छ । घाईतेकाे मलंगवा स्थित जिल्ला असपतालमा भईरहेकाे प्रहरीले जनाएको  छ ।

    गा.पा अध्यक्ष बिक्रम यादव अाफै स्थानीयलाई कुटपिट गरेकाे भन्दै  गा.पा, काे कार्यालयमा स्थानीयहरूले ढुगामुडा र ताेडफाेड गरेपछि  दर्जन भन्दा बढि माेटरसाईकल साथै अध्यक्ष यादव चढने स्कोरपिया गाडी पुर्ण रूपमा छति ग्रस्त भएकाे छ । ढुंगामुढामा गा.पा, का कर्मचारीहरू समेत घाईते भएका छन ।

   अध्यक्ष यादवका अनुसार आफुले  कसैलाई कुटपिट नगरेकाे तर बिपक्षीहरूले  निराधार अाराेपहरू लगाएर आफुलाई  बदनाम गर्न खाजेकाे बताएकाे छ ।

    थप झडप हुन नदिन अहिले चक्रघटामा  ठुलाे संख्यामा  सुरक्षाकर्मीहरु  परिचालन गरिएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment