Saturday, January 9, 2021

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस सर्लाहीको मलंगवामा पनि मनाइने



राजिव साह----

सर्लाही,पुस २५

     राष्ट्र निर्माता पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा   राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सर्लाहीको सदरमुकाम मलंगवामा एक भब्य कार्यक्रमको आयोजना हुने भएको छ। जरोकिलो महाअभियाको आयोजना तथा सहृदयता समाज नेपालको सह-आयोजनामा  पुस २७ गते सोमबारका दिन मलंगवा स्थित  नगरपालिकाको कार्यालय नजिकै रहेको  श्री राम मन्दिरको प्राङ्गणमा कार्यक्रमको आयोजना हुन लागिएको कार्यक्रम ब्यबस्थापन समितीले जनाएको छ ।

    कार्यक्रममा जिल्ला सहित अन्य प्रदेश स्तरीय तथा  स्थानीय बुद्धिजीवी लगायत स्थानीय बासिन्दाहरुको उपस्थिति रहने समितिले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्र निर्माता  पृथ्वीनारायण शाहले नेपालको एकीकरणमा खेल्नु भएको भुमिका तथा योगदानको विषयमा चर्चा गरिने जरोकिलो महाअभियानका अभियन्ता रामध्यान रायले जानकारी गराउनुभयो । साथै उहाँले बिहान ११ बजे उद्घाटन हुने उक्त कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण   जिल्लाबासी राष्ट्रभक्त जनताहरु सँग अपिल समेत गर्नुभएको छ ।

No comments:

Post a Comment