Sunday, January 17, 2021

सर्लाही हरिपुरमा थारु समुदायले मनाए माघी

 

सर्लाही हरिपुरमा थारु समुदायले मनाए माघी

अजिता चौधरी---

सर्लाही ,माघ ४

  सर्लाही हरिपुरका थारु समुदायले माघी पर्व विशेष रुपमा मनाएका छन् । हरिपुर नगरपालिका वडा न-७ पचगछियामा माघी महोत्सव २०७७ को आयोजना गरि पर्व मनाएको  हो ।

   थारु संवत २६४५ को अवसरमा आयोजना गरिएको माघी महोत्सवमा थारु कला संस्कृति, भाषा, भेषभूषाको संरक्षण गर्न हरिपुरका थारु समुदायले वर्षेनी माघी महोत्सव आयोजना गर्ने गरेका छन् । माघी पर्वको अवसरमा आयोजना  गरिएको माघी महोत्सवमा थारु संस्कृति झल्काउने विभिन्न सांस्कृतिक प्रदर्शनीहरु राखिएको थियो । महोत्सवमा थारु सँस्कृति  झल्कने विभिन्न परम्परागत सामाग्रीहरुको प्रदर्शनीका साथै थारु सँस्कृति झल्काउने नृत्य संगित प्रस्तुत गरिएको  थियो।

       नेपालक आदीवासी जनजातिके शान ,थारु कला संस्कृति हमर पहिचान  भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको थियो । नयाँ पुस्तालाई थारु सँस्कृतिको बारेमा बुझाउन महोत्सव आयोजना गर्ने गरेको आयोजक थारु कला संस्कृति पचगछियाले जनाएको छ।

   माघ २ गतेदेखि ४ गते तीनदिनसम्म चलेको उक्त महोत्सवमा विभिन्न झाँकी,थारु सांस्कृतिक प्रतियोगिता ,थारु भेषभुषा कला संस्कृति प्रदर्शनी ,डाला-डलिया प्रतियोगिताको आयोजनाको साथै थारु परिकारका स्टलहरु राखिएका थिए ।

 

No comments:

Post a Comment