Wednesday, January 20, 2021

राष्ट्रिय जनगणनामा कोइरी समुदायद्वारा थरमा कुशवाहा मात्र लेखाउने निर्णय

 

राष्ट्रिय जनगणनामा कोइरी समुदायद्वारा  थरमा कुशवाहा मात्र लेखाउने निर्णय 

राधेश्याम कुशवाहा----

सर्लाही ,माघ ७

   आफ्नो नामको पछाडी विभिन्न थर लेख्दै आएका कोइरी समुदाय यसपटकको   राष्ट्रिय जनगणना २०७८ मा  कोइरी वा कुशवाहा मात्र लेखाउने निर्णय गरेका  छन् ।

     नेपाल कुशवाहा कल्याण समाजले देशभर कोईरी कुशवाहाको कुल जनसंख्या १० लाख भन्दा बढी रहेको दाबी गर्दै आइरहेको भएपनि   २०६८ सालको जनगणना अनुसार  कुल जनसंख्या  ३०६,३९३  रहेको  छ  जुन नेपालको कुल जनसंख्याको १.१६५ प्रतिशत मात्र हुन्छ ।

     मधेसमा कोइरी कुशवाहा समुुदाय यादव, मुस्लिम र तेली समुदाय  पछि सबैभन्दा बढी बाहुल्यता रहेको  समुदायमा परेपनि  शिक्षा, चेतना र राजनितिकको साथै  समाजिक र आर्थिक रुपले यिनीहरु अहिले पनि धेरै  पछाडी परेका  छन।

यस अघिको राष्ट्रिय जनगणनामा कोइरी जातीले थर अनुसार जातजाती लेखाउने गरेकोले कोइरी जातीको वास्तविक संख्या र पहिचान खुल्न नसकेकोले २०७८ मा हुनलागेको जनगणनामा  जातरजातीको महलमा कोइरी वा कुशवाहा र सर्लाही जिल्लाको हकमा भाषा र मातृभाषाको महलमा मगही वा बज्जिका मात्र लेखाउने यो समुदायका अगुवाहरुले निर्णय गरेको छ ।यसबाट कोइरी समुदायको  वास्तविक संख्या र पहिचान खुल्ने विश्वास गरिएको छ । यसका लागि क्षेत्र, पालिका हुँदै वडा स्तरमा जनजागरण अभियान संचालन गर्ने समाजले निर्णय गरेको छ ।

    नेपालको तराई तथा भित्री मधेसमा  बसोबास गर्ने  कुशवाहा समाजका मानिसहरुले प्रयोग गर्दै आएका विभिन्न थरका कारण पनि नेपालमा कुशवाहाहरुको संख्या कम हुन गएको सो समुदायका अगुवाहरुको कथन रहेको  छ । मधेसमा प्रायःजसो  कुशवाहा समाजका मानिसहरु कोईरी, महतो, सिंह, भगत लगायतका थरहरु प्रयोग गर्नेका कारण कुशवाहा समाजको वास्तविक संख्या को गणना हुन नसकेको जानकारहरु बताउँछन् ।

   अल्पसंख्यक समुदाय  अन्तर्गत पर्ने कुशवाहा(कोइरी) जातिलाई अगाडी बढ्न राजनीतिक  सहभागिताको खाँचो रहेको सुनिल कुशवाहाले बताए । घोषित संविधानमा सम्मानित रुपमा कुशवाहा जातिको पनि पहिचान हुनुपर्ने थियो तर कुशवाहा समुदायसँग राज्यले बैमानी गरेकोे उनले बताए । कुशवाहा समाजको हकहित तथा विकासको लागि एकताका साथ अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिए । अधिकार प्राप्तिका लागि  कुशवाहाहरु एक जुट भएर अगाडी बढ्नु पर्छ उनले भने ,‘कुशवाहा समाजलाई अगाडी बढाउन सबैभन्दा पहिला यस समुदाय भित्र रहेका कुरुतीहरुलाई हटाउनु पर्छ । यसका  लागि सक्षम नेतृत्वकर्ता  आवश्यक छ ।’ नेपालको राजनीतिमा पनि कुशवाहाहरुको  पहुँचको आवश्यकता छ सुनिल कुशवाहाले भने । राजनीतिमा पहुँच  नहुँदा कुशवाहाहरुको पहिचान संकटमा परेको उनले बताए । गाउँ—गाउँबाट राजनीतिक चेतना सहित राजनीतिमा कुशवाहाहरुको सकृय सहभागीता आजको आवश्यकता रहेको उनको भनाइ छ  ।

No comments:

Post a Comment