विषादी सेवनबाट १ जना महिला बिरामी
विषादी सेवनबाट १ जना महिला बिरामी
लोकतन्त्र समाचारदाता----
सर्लाही ,माघ १४
सर्लाहीको बरहथवामा विषादी सेवन गरि १ जना महिला बिरामी भएका छन् ।
बरहथवा नगरपालिका वडा न-५ शान्तिटोल बस्ने कुमोद साहकी ३२ वर्षिया श्रीमती शुसिला देवी साह विषादी सेवनबाट विरामी भएका हुन । उनले घरायसी बादबिवादका कारण मंगलबार राति तरकारीमा हाल्ने नाम नखुलेको विषादी सेवन गरेकी छिन् ।
उनलाई विषादी सेवनबाट बिरामी भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा ल्याइ थप उपचारको लागि जनकपुर पठाईएको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment