Monday, January 25, 2021

अपहरण शैलीमा एक नेपालीलाई भारततर्फ लैजान लागेको दुई भारतीय नागरिक पक्राउ

 


अपहरण शैलीमा एक नेपालीलाई भारततर्फ लैजान लागेको  दुई भारतीय नागरिक पक्राउ 

राधेश्याम कुशवाहा

सर्लाही ,माघ १२

    सर्लाहीको सिमराबाट सशस्त्र प्रहरीले एक नेपालीलाई मोटरसाईकलमा राखेर  अपहरण शैलीमा भारततर्फ लाँदै  गरेका  दुई जना भारतीय नागरिकलाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको  सितामढी जिल्ला रामपथ पकरी कुवारी मदन- ९ बस्ने अन्दाजी बर्ष १९ का अरबिन्द कुमार सहनी र सोही ठाउँका  १८ बर्षिय राहुल कुमार यादव रहेको बिओपी सिमराले जनाएको छ । 

पिडित-धर्मेन्द्र राम


   सर्लाहीको बिष्णु गाउँपालिका वडा न- २ पकडीगोठ बस्ने स्थानीय २८ बर्षिय धर्मेन्द्र रामलाई जबर्जस्ती  बिआर ३० एस ७५२५ नम्बरको  मोटरसाईकलमा राखेर  अपहरण शैलीमा भारत तर्फ लैजादे गरेको अवस्थामा नदिया पकडी स्थित सिमरा बिओपीबाट सशस्त्र प्रहरी हवल्दार टेक बहादुर लामिछानेको कमाण्डमा खटिएको टोलिले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

    मोटरसाईकल सहित नियन्त्रणमा लिइएका दुबै अपहरणकारी   र पिडितलाई  नेपाल प्रहरीको जिम्मा लगाइ घटनाको बारेमा थप अनुसंधान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले बताए ।


No comments:

Post a Comment