Saturday, January 2, 2021

शहरी विकास मन्त्री प्रभु साह चढेको जिपले ठक्कर दिंदा सर्लाहीमा एक पैदल यात्री घाइते / ठक्कर दिएर जीप फरार

 





सर्लाही ,पुस १८

    शहरी विकास मन्त्री प्रभु साहको जिपको ठक्करबाट सर्लाहीको हरिवनमा आज(सनिवार) दिउँसो एक जना पैदल यात्री  घाइते भएको छ ।

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका  सुखेपोखरी स्थित मन्त्री साह चढेको झण्डावाला जिपको ठक्करबाट लालबन्दी नगरपालिका वडा न–८, चन्द्रपुर घर भएका ३५ वर्षीय बच्चु तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जनाएको छ।  

   तामाङलाई  रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा मन्त्री साह चढेको ना. १ झ ३८४२ नम्बरको जीपले ठक्कर दिएको र ‘दुर्घटनाबारे  माथि जाहेर गरिसकेको प्रहरी उपरीक्षक राठौरले बताएको छ । घाइतेको हरिवन स्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटना भए लगत्तै जिप फरार भएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्रित गर्दै प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment