Wednesday, January 6, 2021

मोटरसाइकल दुर्घटनामा परेर चालकको ज्यान गयो


 


रुना धामी--- 

सर्लाही ,पुस २२

      सर्लाहीको बलरा नगरपालिकामा  मंगलबार मोटरसाइकल दुर्गघटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्य हुनेमा जिल्लाको रामनगर गाउँपालिका वडा न-२ बस्ने ७० वर्षिय राम एकवाल राय यादव रहेका छन् ।

   बलरा नगरपालिका वडा न-४ स्थित गडहिया-बलरा सडक खण्डमा  अपराह्न पौने ३ बजे तिर  BR30 L 8045 नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिएर  गम्भीर घाइते भएका यादवलाई  स्थानीय धुलिखेल मेडिकल   अस्पताल बलरामा उपचारको लागि ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

     मृतकको शव सोही अस्पतालमा राखिएको छ ।दुर्घटनामा संलग्न  मोटरसाइकल इलाका प्रहरी कार्यालय गडहियाको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।


No comments:

Post a Comment