Thursday, January 7, 2021

हरिवनका ५३८ विपन्न परिवारलाई राहत वितरण गरियो

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २३

      सर्लाहीको हरिवन नगरपालिकाले  समस्यामा परेका  विपन्न घरधुरी परिवारलाई बिहीबारबाट राहत वितरण कार्यक्रम सुरु गरेको छ ।सोही कार्यक्रम अनुसार आज(बिहीबार ) एक कार्यक्रमको आयोजना गरि वडा न-१० का ५ सय ३८ विपन्न परिवारलाई राहत सामाग्री वितरण गरिएको  छ  ।

      दलित सरोकार मंच सप्तरीका कार्यकारी निर्देशक भोला पासवानको प्रमुख आतिथ्यता तथा विशिष्ट  अतिथी बहुजन समाज परिषद नेपालका वरिष्ठ नेता राजाराम पासवान, मेयर गणेश प्रसाईं, वडाध्यक्ष शम्भु न्यौपाने र आइटी  अफिसर सुनिल सरवरियाको उपस्थितिमा प्रति परिवार  २५ केजी जिरा मसिनो चामल ,१० केजी पिठ्ठो ,दाल ,चना ,नुन,तेल १/१ केजी र  ४ वटा साबुन राहत स्वरूप  वितरण गरिएको कार्यालयले जनाएको  छ।


No comments:

Post a Comment