Saturday, January 2, 2021

सर्लाहीका यातायात व्यवसायीद्वारा श्रद्धाञ्जली सभाको आयोजना




लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १८ 

      सर्लाही यातायात बस ब्यवसायी संघका अध्यक्ष शिव शंकर रायको सनिवार श्रद्धान्जली सभा गरिएको छ । 

    संघका उपाध्यक्ष एवं मलंगवा नगरपालिका वडा न-९ का वडाध्यक्ष दिपलाल महतोको अध्यक्षतामा  एक कार्यक्रमको आयोजना गरि  रायलाई श्रद्धान्जली दिएको हो । जिल्लाको सदरमुकाम मलंगवा नपा वडा न-९ स्थित बस पार्कमा सनिवार बिहान आयोजना गरिएको सभामा संघका सदस्य लगायत यात्रुहरुको सहभागीता रहेको थियो ।

     श्रद्धान्जली सभामा बोल्ने संघका पदाधिकारीहरुले रायको असमायीक निधनबाट संगठनलाई ठुलो क्षति पुगेको उल्लेख गरेका छन् । उपाध्यक्ष महतोले  उनले संघको लागि गरेको  योगदानको चर्चा गर्दै उनको आत्माको चिरशान्तीको कामना गरेका थिए ।

    रायले दुई पटक संघको नेतृत्व सम्भाल्नु भएको उपाध्यक्ष महतोले जानकारी गराउनुभयो ।

    

    


                                                                                 

No comments:

Post a Comment