Wednesday, January 13, 2021

मलंगवामा द सहाराको २४ औं वार्षिक साधारणसभाको उद्घाटन सम्पन्न


मलंगवामा द सहाराको २४ औं वार्षिक साधारणसभाको उद्घाटन सम्पन्न

लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २९

    द सहारा लोन सेविंग्स को–आँपरेटिभ सोसाइटी लिमिटेडको २४ औं वार्षिक साधारण सभाको उद्घाटन  बुधबार सर्लाही मलंगवामा सम्पन्न भएको छ । सभामा संस्थाका कार्यकारी अध्यक्ष नागेन्द्र कुमारद्धारा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

      अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/०७७ को कात्तिक महिनासम्म २४ करोड ५२ लाख ६४ हजार शेयरपुँजी कायम गर्न सफल भएको  छ।संस्थाले आयकत वापत ४९ लाख ९५ हजार ७ सय २५ रुपैया नेपाल सरकारको आन्तरिक राजश्व कार्यालयमा कर चुक्ता गरे पश्चात् ४ करोड ४३ लाख ९ हजार २ सय ६७ रुपैया नाफा आर्जन गरेको छ ।

    कोषहरुमा बाँडफाँड गरि शेयर लाभांश कोषमा १ करोड ३१ लाख ७ हजार ७२ रुपैया २८ पैसा मध्ये प्रति शेयर रु ५७/५८ हुन आएको तर आयकर ऐन तथा आयकर निर्देशिका बमोजिम शेयर लाभांशमा ५ प्रतिशतका दरले कर लाग्ने भएको हुँदा यस वर्ष प्रति शेयर रु ५४/७० का दरले सम्पूर्ण शेयर सदस्यहरुलाई शेयर लाभांश वितरण गरेको महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले जानकारी दिए ।

    बुधबार सदरमुकाम मलंगवा वडा न-८ स्थित कुसुम पार्टी पैलेसको सभाहलमा आयोजना भएको साधारणसभाको उद्घाटन  नेपाल राष्ट्र बैंकका पुर्व निर्देशक रामहरि न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानी ,विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत संचालक समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

    सर्लाहीको मलंगवामा प्रधान कार्यालय रहेको द सहाराको ललितपुर , सुनसरी, मोरंग, झापा, उदयपुर, मकवानपुर, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहट लगायतका  जिल्लाहरुमा सेवा केन्द्रहरु सञ्चालन रहेका छन् भने सिन्धुलीको सदरमुकाम सिन्धुली, महोत्तरीको बर्दिबास,बाराको सिमरा,निजगढ र उदयपुरको कटारीमा सेवा केन्द्र चाँडैनै संचालनमा आउने तयारी भइरहेको संस्थाले जानकारी गराएको छ ।

No comments:

Post a Comment