Tuesday, January 5, 2021

बरहथवाको माछा बजार स्थित गोदाममा आगलागी ,१४ लाख बराबरको क्षति





लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस २१

     सोमबार राती सर्लाहीको बरहथवा नगरपालिका वडा न-५ माछा बजार स्थित सुरेश रायको दुईतल्ले ईटा र माटोले बनेको भित्ता,बाँस र खपडाको छाना भएको  घरमा भाडा लिएर गरिएका तीनवटा पसलमा आगलागी भएको छ । रायको घरमा रहेका किराना,कस्मेटिक र डोरी गोदाममा आगलागी हुँदा  सरसामानहरु जलेर पुर्ण रुपमा नष्ट हुँदा अन्दाजी १४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।  

     राती करिब सवा ९ बजे तिर अचानक भएको आगलागीबाट बरहथवा नपा वडा न-१० सितापुर बस्ने गुड्डु साहको भुँइ तल्लामा रहेको किरानाको गोदाममा रहेको सरसामान जलेर नष्ट हुँदा अन्दाजी रु ७ लाख,बँसबरिया गाउँपालिका वडा न-६ सहोडवा बस्ने अमरनाथ रायको माथिल्लो तल्लामा रहेको कस्मेटिक र डोरी गोदाममा रहेको सरसामान जलेर नष्ट हुँदा अन्दाजी ४ लाख तथा घरमा आंशिक क्षति हुँदा रु तीन लाख गरि जम्मा १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

    इलाका प्रहरी कार्यालय बरहथवाबाट डिएसपी उद्धव सिंह भाटको कमाण्डमा गएका प्रहरी टोलीले स्थानीयहरुको सहयोगा लगभग ९५ प्रतिशत आगलागी नियन्त्रणमा लिइसके पछि मात्र हरिवन नगरपालिकाको दमकल घटना स्थलमा आइपुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।


No comments:

Post a Comment