Wednesday, January 27, 2021

सर्लाहीमा पनि कोरोना भाइरस विरुद्ध खोप लगाउन सुरु

 

सर्लाहीमा पनि कोरोना भाइरस विरुद्ध खोप लगाउन सुरु 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ १४

     प्रदेश न-२ अन्तर्गत  सर्लाहीमा पनि आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा आज बिहान(बुधबार)  स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीहरुलाई खोप  लगाएर यसको सुरुवात गरिएको हो । 

    सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, सुरक्षाकर्मी, अग्रपंक्तिमा खटिने अन्य राष्ट्रसेवक कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविकालाई खोप लगाईने छ । प्रजिअ पौडेलका अनुसार सर्लाहीमा ५ हजार ३ सय डोज खोप आएको छ । खोप लगाउनका लागि जिल्ला अस्पताल मलंगवामा नै जानु पर्नेछ । 

   अनुमानित तथ्यांक अनुसार जिल्ला स्थित २० वटा पालिकामा फ्रण्टलाईनमा काम गर्ने झण्डै ६ हजार ६ सय ३९ जना रहेका छन् । सोही तथ्यांंकका आधारमा जिल्लामा कोरोना विरुद्धको ७ हजार डोज खोप माग गरिएको थियो तर  ५ हजार ३ सय डोजमात्र प्राप्त भएको छ ।

    भारत सरकारले अनुदानमा दिएको उक्त खोप भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको छ ।

   पहिलो पटक लगाएका व्यक्तिलाई पूनः ४ हप्तापछि दोस्रो डोज खोप लगाईने प्रजिअ पौडेलले बताएको छ । 


No comments:

Post a Comment