Friday, January 8, 2021

सडक दुर्घटनामा चालकसहित ५ जना घाइते



राजिव साह---

सर्लाही ,पुस २४

    बिहिवार साँझ मात्र १० मिनेटको फरकमा सर्लाहीको दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा परि ५ जना घाइते भएका छन् ।

     साँझ ७ बजेर १५ मिनेटको समयमा बरहथवा नगरपालिका वडा न-८ स्थित टाँडीमा ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा ३ जना र ठिक त्यसको १० मिनेट पछि ७ बजेर २५ मिनेटको समयमा लालबन्दी नगरपालिका वडा न-९ बस्तिपुर स्थित मोटरसाइकलको ठक्करबाट चालकसहित एकजना पैदल यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार जिल्लाको बरहथवा नपा-८ टाँडी स्थित हिरापुरबाट टाँडीतर्फ आउँदै गरेको ना ४ त ७८६८ नम्बरको ट्याक्टरले बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको BR30 K 3719 नम्बरको मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको BR30 E 1658 नम्बरको मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा BR30 E 1658 नम्बरको मोटरसाइकलका चालक कविलासी नगरपालिका वडा न-६ बस्ने अन्दाजी वर्ष २१ का बालालखिन्द्र प्रसाद यादव , BR30 K 3719 नम्बरको मोटरसाइकलका चालक सोही ठाउँ बस्ने अन्दाजी वर्ष २३ को जितेन्द्र प्रसाद यादव र सोही मोटरसाइकल पछाडी सवार  वर्ष २६ का जितेन्द्र गिरी घाइते भएका छन् ।

   घाइते तीनैजनालाई प्रहरीले घटना स्थलबाट उद्धार गरि उपचारका लागि  एडभान्स संजिवनी अस्पतालमा बरहथवामा पठाइ ट्याक्टर चालक बरहथवा नपा-५ निवासी अन्दाजी २५ वर्षका प्रमोद महतो, दुर्घटनामा संलग्न ट्याक्टर र दुइवटा मोटरसाइकल इलाका प्रहरी कार्यालय बरहथवाले नियन्त्रणमा लिएको जिप्रका सर्लाहीले जानकारी दिएको छ ।

   यस्तै जिल्लाकै लालबन्दी नगरपालिका वडा -९ बस्तीपुर चौक स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ज ५ प २१३८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री भारतको सुपौल जिल्ला बिरपुर थाना बस्ने २५ वर्षिय कावादुल्ला र ठक्कर दिने मोटरसाइकलका चालक लालबन्दी नपा-६ बस्ने ४६ वर्षिय बिक्रम ठाकुर घाइते भएका छन् ।

    घाइते दुवैजनाको टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।








No comments:

Post a Comment