Tuesday, January 5, 2021

भोलीदेखी तीनदिन (शुक्रवार)सम्म गोडैता नगरपालिकाको कार्यालय बन्द रहने


 


लोकतन्त्र समाचारदाता---     

सर्लाही ,पुस २१

     सर्लाहीको गोडैता नगरपालिकाको कार्यालय तीन दिनको लागि पुर्ण रुपमा बन्द हुने भएको छ ।भोली पुस २२ गतेदेखि २४ गते शुक्रवारसम्मको लागि  कार्यालय बन्द रहने गोडैता नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।

     सोमबार (२० गते)राती करिब १२ बजेको समयमा गोडैता बजारको पान पसल र रक्सी पसलमा भएको चोरीका कारण स्थानीय व्यापारीहरुले नगरपालिकाको कार्यालयमा आज(मंगलबार )बिहान गरेको तालाबन्दी र हुल दंगाको सम्बन्धमा स्थानीयबासी,व्यापारी र कर्मचारीहरुलाई सुरक्षाको पुर्ण प्रत्याभूतिको लागि जिल्ला प्रशासन सँग गोडैता प्रहरी चौकीमा  सुरक्षाकर्मीको दरबन्दी थप गरी सुरक्षा व्यवस्था कडाइ गर्नको लागि कार्यालयको निर्णयको आधारमा भोली देखि तीनदिनको लागि कार्यालय बन्द रहने नगर कार्यपालिकाले सूचना जारी गरेर जानकारी गराएको छ ।

   


No comments:

Post a Comment