Tuesday, January 5, 2021

विद्यालय व्यवस्थापन समिति गठनमा जनप्रतिनिधि ,राजनितीक दल तथा अविभावक बिच किचलो हुँदा १६ सय विद्यार्थीको भविष्य अन्यौलमा

मनोज यादव----

सर्लाही ,पुस २१

    सर्लाही  जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा रहेको श्री जनता माद्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनमा विवाद हुँदा विद्यार्थीहरूको भविष्य अन्योलमा परेको छ । जसका कारण विद्यालय संचालन भएको महिनौँ बितिसक्दा समेत  यस विद्यालयमा पठनपाठन नियमित हुन नसकेको अविभावकहरुले गुनासो गरेका छन् ।

    विगत चार वर्षदेखि विद्यालय व्यवस्थापन समिति गठन नभएको औरही गाउँ विकास युवा क्लबका अध्यक्ष संजय दासले बताए । १६ सय विद्यार्थी संख्या रहेको यस विद्यालयमा अहिले ११ जना शिक्षकहरु मात्र रहेका छन।शिक्षक अभावका कारण नियमित कक्षा संचालनमा अवरोध उत्पन्न हुँदा विद्यालय परिसरमा हो–हल्ला जस्ता कारण विद्यार्थीहरुले राम्रो सँग पढ्न पाएका छैनन् ,दासले भने ।उक्त विद्यालयमा चक्रघट्टा गाउँपालिका अन्तर्गतका ५ वटा वडाका विद्यार्थीहरु पढ्न आउने गरेका छन् ।

विद्यालयमा कक्षा कोठा तथा शौचालयको अभाव नभए पनि खानेपानीकोलागि भने एउटा धारा र एउटा चापाकल मात्र रहेको छ ।

    विद्यालय व्यवस्थापन समिति गठनको विषयमा राजनीतिक दल,अविभावक र स्थानीय जनप्रतिनिधिहरू नै अलग-अलग धारमा उभिएपछि विद्यार्थीलाई  समस्या भएको विद्यालयका प्राधानाध्यापक  लक्ष्मीकान्त रायले  बताउनुभयो । रायका अनुसार तिनवटै पक्ष बिचको सरसल्लाह मार्फत उचित निकास निकालेर व्यवस्थापन समिति गठन गर्न भनि  भेलाको आयोजना गर्दा अविभावक तथा राजनीतिक दलका प्रतिनिधिहरु उपस्थित हुँदै आएपनि गाउँपालिकाबाट अध्यक्ष अथवा उहाँको प्रतिनिधि एकपटक पनि उपस्थित नभएकोले हालसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन नपाएको हो ।  उहाँले विद्यालय व्यवस्थापन समिति गठनको लागि गाउँपालिकामा पटकपटक पत्रनै काटेर अविभावक भेलामा बोलाउँदा समेत पालिकाको कार्यालयबाट कोहीपनि आउन नचाहेको भन्नुभयो ।

     समिति गठनको विषयलाई लिएर विभिन्न राजनीतिक दल समेतको सोंच  सकारात्मक रहेको तर  गाउँ कार्यपालिकाको नकारात्मक सोंचकै कारण हालसम्म विद्यालयमा व्यवस्थापन समिति गठन हुन नपाएको अविभावकहरुले गुनासो गरेका छन् ।

     पहिलोपटक कात्तिक मसान्तमा विभिन्न  राजनितीक दल बिच बसेको बैठक निष्कर्ष विहिन अवस्थामा टुंगिएको थियो ।त्यसपछिको दोस्रो ,तेस्रो र पुस २० गते बसेको चौथो बैठक पनि गाउँपालिका अध्यक्ष विक्रम यादव उपस्थित नहुँदा बिना निष्कर्ष  टुंगिएको विद्यालयका प्रअ रायले बताउनुभयो ।


No comments:

Post a Comment