Tuesday, January 5, 2021

सिडियोको नेतृत्वमा सर्लाहीमा ९० हजार गाँजाको बोट नष्ट गरियो



लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २१

   प्रहरीले सर्लाहीको   लालबन्दी नगरपालिका वडा न-१४  नारायणखोलामा करिव नौ बिगाहमा लगाएको अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको छ ।सोमवार सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा गएका सुरक्षाकर्मीको टोलीले गाँजा खेती फडानी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

   व्यावसायिक रुपमै ठूलो क्षेत्रफलमा गाँजा खेती भइरहेको प्राप्त सूचनाको आधारमा सोमवार दिउँसो  प्रजिअ पौडेलको नेतृत्वमा गएका नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक  गंगाराम श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभागका एसपी दिलिपकुमार सिंहसहितको टोलीले नारायणखोलामा  ९ बिघा क्षेत्रफलमा  लगाइएका  गाँजाको   बोटहरु नष्ट गरेकोे प्रहरीले जानकारी दिएको छ । 

   प्रहरीका अनुसार उक्त टोलीले करिब ९ बिघा क्षेत्रफलमा लगाइएका  ९० हजार गाँजाको बोटहरु नष्ट गरेका हुन ।


No comments:

Post a Comment