Thursday, January 7, 2021

औरहीमा फेरी परालको टालमा आगलागी भयो

 


लोकतन्त्र समाचारदाता---
सर्लाही ,पुस २३
     सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न-८ औरहीमा बुधबार  दिउँसो  परालको टालमा आगलागी भएको छ। 
    स्थानीय राजी साह तेलीको परालको टालमा आगलागी भएको हो ।
      दिउँसो १ बजे तिर सुरु भएको आगलागी प्रहरी ,सशस्त्र प्रहरी र  गाँउलेहरुको  सहयोगमा नियन्त्रणमा लिएको औरही गाउँ विकास युवा क्लबका अध्यक्ष एवं स्थानीय समाजसेवी संजय दासले जनाएको छ ।
    औरहीमा भर्खरै केही दिन अगाडी नागेन्द्र राय यादवको २ वटा र पुनित रायको एउटा परालको टालमा आगलागी हुँदा अन्दाजी ५० हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।

No comments:

Post a Comment