Wednesday, January 13, 2021

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको चुनाव चिन्ह सूर्यनै रहने उपप्रधामन्त्री इश्वर पोखरेलको दाबी

 


मनोज यादव---

सर्लाही ,पुस २८

      प्रधानमन्त्री केपी शर्मा ओली भएको नेपाल कम्युनिस्ट पार्टीनै  आधिकारिक नेकपा रहेको  उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउनु भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको  नेकपाको चुनाव चिन्ह  सूर्यनै रहने उहाँले दावी  गर्नभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिका सदस्यसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज नेकपा

सर्लाहीले सदरमुकाम मलंगवामा आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो दावी गर्नु भएको हो ।

   सरकार विधि ,विधान र व्यवस्थाले चल्ने भएकोले यसको विपरीत  चलेमा सरकार नचल्ने उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । प्रचण्डले केपी ओली माथि  संविधान विरोधी ,संघीयता विरोधी ,संविधान विरोधी  कम्युनिस्ट विचार विरोधी ,एकता विरोधी र भ्रष्टाचारलाई प्रोत्साहन गर्ने ब्यक्ति भनेर लगाउनु भएको आरोपलाई खण्डन गर्दै उहाँले जनताको अदालतमा  जान र जनताले गरेको  फैसलालाई मन्जुर गर्न भन्नुभयो ।ताजा जनादेशका लागि प्रधानमन्त्री ओलीले लिनुभएको बैशाख १७ गते र २७ गते चुनाव गर्ने फैसला सही रहेको र उक्त चुनावमा पहिलेको भन्दा पनि अझ बढी सक्रियताका साथ लाग्न समेत उहाँले आग्रह गर्नुभयो ।

अर्को प्रसंगमा उहाँले अबको  २–४ दिनमै नेपाल–भारतको सीमानाका खोल्ने तयारी भइरहेको र यसकालागि   गुहकार्य भईरहेको बताउनुभयो  । दुई देश बिचको सीमानाका बन्द हुँदा यहाँका जनताहरु दु:ख भोगिरहेकोले सीमानाका छिट्टै  खोल्ने उहाँले  आफनो सम्बोधनमा  घोषणा गर्नुभयो ।

     सोही भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले प्रदेश न-२ को  सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउनु भयो ।   प्रदेश –२ को  सरकारबाट नै मधेशी जनतालाई लुटने कार्य भईरहेको उहाँले ले आरोप लगाउनु भयो ।  मन्त्री  साहले सत्ता  र पदको लागि संघीय लोकतन्त्र गणतन्त्रलाई धरापमा पार्ने प्रचण्ड प्रवृतीको अब नेपाली जनताले छिट्टै  अन्त्य गर्ने चेतावनी समेत दिनुभयो ।

    सोही अवसरमा पार्टीको जिल्ला कमिटीले  उपप्रधानमन्त्री पोखरेल र शहरी विकास मन्त्री साहलाई संयुक्तरूपमा एकसय किलोको माल पहिर्याएर अभिनन्दन गरेका थिए ।

   मलंगवा स्थित तीनबिघे मैदानमा आयोजना भएको वृहत कार्यकर्ता भेलामा प्रधानमन्त्री ओली पक्षका नेकपा पार्टीका केन्द्रिय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।






No comments:

Post a Comment