Saturday, January 2, 2021

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीसहित ३ जना घाइते

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस १८

   सर्लाही  जिल्लाको हरिपुर्वा नगरपालिकामा शुक्रबार  मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्री महिला गम्भीर घाइते  भएको छ भने ठक्कर दिने मोटरसाइकलका चालक र पछाडी सवार पुरुष घाइते भएका छन् ।

     घाइते  हुनेमा हरिपुर्वा नपा वडा न-६ बस्ने स्थानीय राम एकवाल रायकी श्रीमती  ४० वर्षीया फेकनी देवी तथा ज ९ प ७७७६ नम्बरको मोटरसाइकलका चालक महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा न-६ बस्ने २५ वर्षिय राजकुमार महतो र पछाडी सवार सोही ठाउँका २६ वर्षिय शत्रुधन चौधरी   रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। 

     शुक्रवार साँझ करिब सवा ६ बजे तिर हरिपुर्वा नपा वडा न-६ स्थित भएको दुर्घटनामा परि घाइते भएका महिलासहित तिनैजनालाई उपचारको लागि जनकपुरतर्फ पठाएको प्रहरीले जनाएको छ ।सोही मोटरसाइकलमा सवार अर्का एकजना नाम थर नखुलेको ब्यक्ति भने दुर्घटना लगत्तै फरार भएको प्रहरीले जानकारी दिएको छ ।

     दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी हरिपुर्वाको हिरासतमा राखीएको छ । 


No comments:

Post a Comment