Tuesday, January 19, 2021

अवैध सुनचाँदीका गरगहना र नगदसहित २ जना पक्राउ

 


अवैध सुनचाँदीका गरगहना र नगदसहित २ जना पक्राउ

लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ६

     प्रहरीले आइतवार राती  सर्लाहीको लालबन्दी नगरपालिका -१ नवलपुरबाट  अवैध  सुनचाँदीका गरगहना र नगदसहित २ जना ब्यक्तिलाई पक्राउ गरेका छन् ।

     भारततर्फबाट भन्सार छलेर मलंगवाको बाटो हुँदै नवलपुर आउँदै गरेको बा ६९ प ५१६१ नम्बरको मोटरसाइकलमा  ल्याएको अन्दाजी ७० हजार रुपैया बराबरको सुनचाँदीका गहना र ३७ हजार ५ सय नगदसहित चालक  रौतहटको चन्द्रपुर न.पा-१ बस्ने २७ वर्षीय शसी कृष्ण गजमेर र पछाडी बसेका सरोज बिकलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जानकारी दिनुभयो । 

    इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा नवलपुरतर्फ आउँदै गरेको उक्त मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा चालक गजमेरले बोकेको झोलामा लुकाएर राखेको अवस्थामा ७१ तोला ३४ लाल चाँदीका गहना ,२७.७ लाल सुन र नगद रु ३७ हजार ५ सय  बरामद भएको प्रहरीले जनाएको छ ।

    गजमेर र बिकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइ उनीहरूको साथबाट  बरामद गरगहनालाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवा  पठाएको प्रवक्ता कुवँरले जानकारी दिनुभयो । 

No comments:

Post a Comment