आइतबार (आज)बिहानै घाम लागेपछि सदरमुकाम मलंगवा लगायत जिल्लाका गाउँ-नगर बस्तीका बासिन्दाहरुमा खुसी छाएको छ। उनीहरू लाई चिसोबाट केही राहत भएको महसुस भएको छ ।
गत सोमबारदेखि लगातार रुपमा लाग्दै आएको बाक्लो हुस्सुले ढाकेर चिसोको मार खेपिरहेका यहाँका बासिन्दालाई बिहानैदेखि लागेको पारिलो घामबाट ठूलो राहत मिलेको छ । बाक्लो हुस्सुसँगै लगातार चिसो सिरेटो बहँदा यहाँका बासिन्दालाई झण्डै एकसाता सम्म जाडोले कठ्याङ्ग्रिएर बस्नुपरेको थियो।
बिहीबार जिल्लाको उत्तरी क्षेत्रमा दिउँसोपख घाम देखिए पनि यता आज पाँच दिनपछि घाम देखिएको हो। घाम
लागेर केही न्यानो महसुस भएपछि यहाँका बजारमा मानिसहरुको चहलपहल केही बढेको छ। जाडोले कुँजिएका वृद्धवृद्धा घाम ताप्न भनि घरबाहिर निस्केका छन्।
पारिलो घाम लागेपछि स्कुले नानीहरु पनि खुशीले दङ्ग पर्दै बाहिर घाममा खेलकुद र पठनपाठनमा लागेका देखिन्छन्।
No comments:
Post a Comment