Monday, January 25, 2021

ग्रामीण सडक कालाेपत्रे हुने भएपछि कविलासी नगरपालिकाका स्थानीयहरू खुसी

  ग्रामीण सडक कालाेपत्रे हुने भएपछि कविलासी नगरपालिकाका स्थानीयहरू खुसी                                                     

बखतियार अलि----                  

सर्लाही ,माघ १२    

      सर्लाहीको कविलासी नगरपालिकामा साढे ५ किलाे मिटर ग्रामीण सडक कालाेपत्रे हुने भएपछि स्थानीयहरू खुसि भएका छन । 

 जम्मा १० वटा वडा भएकाे कविलासी नपामा साढे ५ किलाे मिटर सडक कालाेपत्रे  भएपछि यस  नगरपालिकाका ६ वटा वडाहरुलाई  जाेडने छ । जसबाट ४५ हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने  नगरप्रमुख  काैशल किशाेर यादवले ग्रामीण सडक कालाेपत्रे निर्माण कार्य उदघाटन कार्यक्रम लाई सम्बोधन गर्दै बताउनु भयाे ।

   अहिले ग्रामीण भेगका जनता अाफनाे कृषि जन्य उत्पादन  सदरमुकाम वा अन्य बजारमा बिक्रीवितरणकाे लागि लानु पर्दा कच्ची बाटाेकाे प्रयोग गर्नुपर्ने बाध्यता रहेकाे छ । दिनहुजसाे ग्रामीण क्षेत्रमा बसाेवास गर्ने स्थानीय किसान तथा  जनताहरु धुवाँ-धुलाे खाएर यात्रा गर्न बाध्यता रहेको थियो ।

    ६ कराेड २० लाख ७२ हजार सम्झौता भएकाे रकमबाट निर्माण हुन लागेकाे याे सडक कालाेपत्रे गर्न ३ बर्ष समय लाग्ने बताइएको छ । सर्लाहीका अधिकांश  ग्रामीण क्षेत्रमा सडकहरु कच्ची रहेकाेले बर्षा याममा हिलाम्मे र सुख्खा याममा धुलाम्य हुने गरेकाे कारण स्थानीय जनताहरू अाजिज भईसकेका छन् । धुवाँ-धुलाेका कारण यहाँका जनताहरु श्वाँसप्रश्वाँस तथा अन्य गम्भीर राेगको सिकार हुने गरेको  स्थानीयहरूले गुनासो गरेका छन् ।

No comments:

Post a Comment