Tuesday, January 5, 2021

गाडीको गति जाँच्न राजमार्गमा राडर गन प्रयोग गर्दै ट्राफिक प्रहरी

 


राजिव साह----

सर्लाही ,पुस २१

     तीव्र गतिका कारण हुने दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले  राजमार्गमा राडार गनको प्रयोग सुरु गरेको छ । 

    गन्तव्यमा पुग्नका लागि  हतारिने सवारीसाधनका कारण दुर्घटना बढेको निष्कर्षसहित ट्राफिक प्रहरी पुर्व पश्चिम  राजमार्ग अन्तर्गतको सडक खण्ड हरिवन नगरपालिका वडा न-११ मा राडार गन लिएर उभिन थालेका छन् । 

     सडकमा उभिएर  तिब्र गतिमा सवारी चलााउने एवं लापरवाही तरिकाले सवारी हाक्ने चालकहरुलाई राडर गन द्वारा चेक जाच  गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

No comments:

Post a Comment