Friday, January 22, 2021

पुर्ण भुक्तानी भरपाई र विवरणको माग गर्दै सर्लाहीका उखु किसान दोस्रो चरणको आन्दोलन सुरु

 पुर्ण भुक्तानी भरपाई र विवरणको माग गर्दै सर्लाहीका उखु किसान दोस्रो चरणको आन्दोलन सुरु 


राजिव साह---

 सर्लाही ,माघ ९

सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी गराइदिने प्रतिबद्धता गरे पनि सर्लाहीका उखु किसानले शुक्रबार पुनःआन्दोलन गर्ने उखु किसान संघर्ष समितिले जनाएको छ । 

सरकारले पूर्णरूपमा भुक्तानी नदिएको  भन्दै उखु किसान संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको  उखु किसान न्यायिक समिति संरक्षक राकेश मिश्रले बताए ।  

किसानले भुक्तानी तथ्यांक पाउनुपर्ने रकमका विवरण उद्योग र उद्योगीसँगै रहेकोले सो अनुसारको किसानको सम्पूर्ण रकम किसानको खाता मार्फत भुक्तानी गरिसकेको प्रमाण तथा विवरण तत्काल सार्वजनिक नगरेसम्म आन्दोलन जारी रहने संघर्ष समिति अध्यक्षको बाइट रामस्वार्थ  रायले जनाए । 

`कुन  किसानले कति क्विन्टल, कतिको दरले खातामा गयो टुंगो छैन ’ तर सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उद्योगीसँग तथ्यांक मागेर किसानको खातामा पैसा हालिदिएको थियो मन्त्रालयले हामीसँग किसानहरुले के –कति रकम भुक्तानी पाउनु पर्ने उक्त  विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ् । 

उक्त  बिबरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको संघर्ष समिति अध्यक्ष रायको भनाइ छ । 

सर्लाहीका उखु किसान  माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने ,फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने  र जम्मा गरेको रकमको भरपाई  विवरण सार्वजनिक न गरे आन्दोलन जारी रहने  किसान संघर्ष समिति सर्लाहीले बिहिवार एक विज्ञप्ति जारी गरेर जनाएको हो ।

No comments:

Post a Comment