Wednesday, January 13, 2021

प्रदेश न-२ को सबैभन्दा ठूलो सहकारी संस्था राजश्रीको २० औं वार्षिक साधारण सभाको उद्घाटन सम्पन्न

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २९

     प्रदेश न-२ कै सबैभन्दा ठुलो तथा नेपाल भरकै दोस्रो सबैभन्दा ठुलो सर्लाहीको सदरमुकाम मलंगवामा  रहेको राजश्री सेविंग्स एण्ड क्रेडिट को-आपरेटिभ सोसाइटी लिमिटेडको बुधबार २०औँ वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

    संस्थाका अध्यक्ष नागेन्द्र प्रसाद यादवको अध्यक्षता तथा पुर्व सांसद रामचन्द्र रायक प्रमुख आतिथ्यतामा मलंगवा  नगरपालिका वडा न-१० स्थित जानकी पार्टी प्यालेसको सभाहलमा  साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरिएको हो । प्रबन्ध निर्देशक  रामलक्षण यादवले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सुवोधहरि राजोपाध्यायले गरेका  थिए  ।

   संस्थाको २० औं साधारणसभामा प्रस्तुत भएको आर्थिक वर्ष २०७६/०७७ को वासलातमा उल्लेख गरे अनुसार सो अवधीको निक्षेप ९ अर्व २६ करोड ८१ लाख ९९ हजार १८४ रुपैया छ भने ७ अर्व ६२ करोड ३० लाख ४८ हजार ३३८ रुपैया कर्जा प्रवाह गरेको छ ।संस्थाले सोही आव मा २० लाख १० हजार ९४० रुपैया नाफा कमाएको उल्लेख गरिएको  छ ।

    कोभिडबाट प्रभावित भएका कारण शेयर सदस्यहरुले समयमै ब्याज बुझाउन नसक्दा  ९ करोड ४३ लाख ८३ हजार ७३७ रुपैया संस्थाको नाफा जोखिम बेहोर्ने कोषमा राख्नु परेको संस्थाका अध्यक्ष यादवलेले बताए  ।

    सोही अवसरमा संस्थाले सबैभन्दा बढी ६ करोड ९८ लाख रुपैया निक्षेप  असुल गरेर  उत्कृष्ट फिल्ड कर्मचारी बन्न सफल हुनुभएका मलंगवाका खुसीलाल यादवलाई कदरपत्र द्वारा सम्मानित गरेको छ ।

   उद्घाटन कार्यक्रमलाई सफल पार्न जेसिज माध्यमिक विद्यालय मलंगवाका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुतिहरु  देखाएर सहभागी अतिथिहरुलाई मनोरञ्जन गराएका थिए ।

No comments:

Post a Comment