Tuesday, January 19, 2021

राष्ट्रिय इन्जिनियर संघद्वारा मलंगवामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

  

राष्ट्रिय  इन्जिनियर संघद्वारा मलंगवामा अन्तरक्रिया तथा छलफल  कार्यक्रम सम्पन्न 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,माघ ६

     जनता समाजवादी पार्टी  नेपाल निकट राष्ट्रिय  इन्जिनियर संघले सर्लाहीको सदरमुकाम मलंगवामा देशको  समसमायिक राजनीतिक अवस्था एवं इन्जिनियरहरुको भुमिका विषयक एकदिने  अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

     इन्जिनियर मुकेश कुमार यादवको अध्यक्षता तथा प्रतिनिधि सभाका निवर्तमान सांसद महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा राष्ट्र निर्माणमा इन्जिनियरहरुले खेल्न सक्ने भुमिकाको बारेमा छलफल गरिएको संघका केन्द्रीय सचिव ईन्जिनियर ओमशंकर अधिकारीले जानकारी दिए । छलफलकै क्रममा प्रमुख अतिथि एवं निवर्तमान सांसद यादवले प्रधानमन्त्री केपी ओलीले गत पौष ५ गते नेपालको संविधानको ठाडो उलंघन गरि असंवैधानिक ,अलोकतान्त्रिक एवं स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गरेर  प्रतिगामी कदम चालेको बताउँदै  संसद पुनर्स्थापना हुनुपर्ने माग गरेका छन्।  

    मलंगवा स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा राष्ट्रिय  इन्जिनियर संघका केन्द्रीय उपाध्यक्ष ई. राम विनोद राय,जसपा केन्द्रीय सदस्य लालबाबु साह , मिना यादव लगायत संघका महासचिव दिपेन्द्र कुमार साह,केन्द्रीय सचिव ई.ओमशंकर अधिकारी ,सचिवहरु ई भावेष मिश्र,ई राजेश यादव,ई सुरज साह,राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र र उपाध्यक्ष मिथलेश यादवको उपस्थिति रहेको थियो ।


No comments:

Post a Comment