Friday, January 22, 2021

मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीजको २५ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न


मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीजको २५ औं  पदस्थापना कार्यक्रम संयुक्तरूपमा सम्पन्न

   

मनोज यादव---

सर्लाही,माघ ९

      मलंगवा जेसीजको ४१ औं तथा जुनियर जेसीज मलंगवाको २५ औं पदस्थापना कार्यक्रम संयुक्तरूपमा  शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा मलंगवा जेसीज वर्ष २०२० का अध्यक्ष जेसी राजनहरि श्रेष्ठले   बर्ष २०२१ का जेसी सुनिल कुमार साह      र जुनियर जेसिज वर्ष २०२० का अध्यक्ष जेसी राज रौनियारले २०२१ का अध्यक्ष सोनु कुशवाहालाई  पद हस्तान्तरण गरेका हुन ।

     कार्यक्रममा अधिवेशनबाट चयन भएका भएका पदाधिकारी एवं सदस्यहरुलाई सपथ ग्रहण समेत गराइएको थियो । पदस्थापन कार्यक्रमका प्रमुख अतिथी मलंगवा नगरपालिकाका पुर्व मेयर समेत रहिसक्नु भएका मलंगवा जेसीजका भुपु अध्यक्ष तथा जेसीज मावि व्यवस्थापन समितिका वर्तमान अध्यक्ष  नागेन्द्र प्रसाद यादवले जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सह्रानिय भएको बताउनुभयो ।उनले बर्ष २०२० को टिमले र त्यसभन्दा पनि पहिलेका टिमहरुले विगतका वर्षहरुमा गरेका कामलाई अबको टिमले पनि निरन्तरता दिँदै काम गर्न सुझाब दिनुभयो ।

  जेसी प्रविण गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा वर्ष २०२१ एरिया `ए´ का उपाध्यक्ष जेसी प्रमिसा काफ्ले तथा  नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी ,पुर्व प्राधानाध्यापक एव समाजसेवी महेन्द्र कर्ण ,सगरमाथा निमाविका प्रअ तिलक क्षेत्री ,मलंगवा नगरपालिका वडा न-८ का वडाध्यक्ष इश्वरी श्रेष्ठ  लगायत जेसीजका भुपु अध्यक्ष, पदाधिकारी , स्थानीय संघसंस्थाका प्रमुख तथा तिनका प्रतिनिधि ,विभिन्न निजी विद्यालयका शिक्षक , शिक्षिका, नागरिक समाज ,बुद्धिजीवी , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

     मलंगवा जेसीज वर्ष २०२१ का लागि कार्यकारीणी उपाध्यक्षमा जेसी सुमेष सागर श्रेष्ठ  र जेसी राम लखन महतो  निर्वाचित भएका छन् ।यसैगरी उपाध्यक्षमा लालबाबु  यादव,सुनिल जयसवाल,मो.मन्जर हुसैन र करण शर्मा मनोनीत भएका छन् । 

      यसैगरी जुनियर जेसीज  मलंगवाको कार्यकारिणी उपाध्यक्षमा मनिष कुशवाहा र मो.असलम मिकरानी निर्वाचित भएका छन भने उपाध्यक्षमा अभिनन्दन कुशवाहा,मो.समी मिकरानी,मो. शौकत राजा र आरुष गुप्ता मनोनीत भएका छन् ।

   सोही कार्यक्रमको  अवसरमा मलंगवा जेसीजको तर्फबाट भुपु अध्यक्ष तथा अतिथिहरुलाई  मायाको चिनो प्रदान गरि सम्मान समेत गरिएका थिए । मलंगवा जेसीजका नवनिर्वाचित अध्यक्ष साहले जेसीजको अध्यक्षमा निर्विरोध जिताउन सबै जेसी मित्रहरुको ठूलो सहयोग रहेको भन्दै आगामी दिनमा जेसीजको मुल्यमान्यता अनुसार अगााडि बढ्ने प्रतिवद्धता व्यक्त गर्दै  आफु मातहतको नयाँ कार्यसमिति र सम्पूर्ण मलंगवा जेसीज परिवारलाई धन्यबाद ज्ञापन गरे  ।

   सदरमुकाम मलंगवा स्थित बालमन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको संचालन मलंगवा जेसीजका भुपु अध्यक्ष जेसी सुवोधहरी राजोपाध्यायले गरेका थिए । बिचबिचमा  जेसीज मावि, सेन्ट ग्रेवियर्स र सगरमाथा विद्यालयका विद्यार्थीहरुको  नृत्य संगीतले कार्यक्रमलाई अझ रोचक बनाएको थियो ।


No comments:

Post a Comment