Monday, January 18, 2021

सहिद परिवारको अवस्थाको बारेमा अनभिज्ञ मधेसका नेताहरु दिवस मनाएर समय टार्दै

 

 सहिद परिवारको  अवस्थाको बारेमा अनभिज्ञ मधेसका नेताहरु दिवस मनाएर समय टार्दै  


मनोज यादव----

सर्लाही ,माघ ५ 

     रिपोर्टस क्लब नेपाल सर्लाही शाखाले जिल्लाको   सदरमुकाम मलंगवामा सोमबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरि  १५ औं बलिदानी दिवस मनाएको छ ।मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै बलिदानी दिवस मनाएको क्लबका जिल्ला सचिव राजिव साहले बताएको छ । 

    कार्यक्रममा पुर्व संविधान सभा सदस्य सलमा खातुनले सहिदको योगदानबाट मधेसका नेता तथा  जनतालाई  ठूलो उपलब्धि प्राप्त भएको तर सहिद परिवारको अवस्थाको बारेमा बुझ्न कुनैपनि नेता अगाडी आउन नचाहेको गुनासो गरे ।उनीहरूको परिवारको अवस्था दयनीय रहेकोले  सहिद परिवारको छोराछोरीलाई उनीहरूको योग्यताको आधारमा सरकारी जागिरको व्यवस्था गर्नुका साथै राजनीतिमा पनि स्थान दिनुपर्ने खातुनले भने ।

   कार्यक्रमका अर्का बक्ता जेष्ठ नागरिक सर्लाहीका अध्यक्ष डा.अब्दुल रहिम मिकरानीले पनि सहिदको परिवारलाई सम्मान मिल्नुपर्नेमा जोड दिनुभयो ।मधेसका सपुतहरुले १० लाख रुपैया पाउनका लागि आफ्नो ज्यानको बलिदान दिएका होइनन् ,बल्की मधेसी जनताको मान ,सम्मान , हकअधिकार र पहिचानको लागि ज्यान दिएका हुन तर जुन उपलब्धि हुनुपर्ने हो त्यो भएको छैन उनले चिन्ता ब्यक्त गरे। फुलमालाले मात्र सम्मान गरेर हुँदैन उनीहरूको परिवारलाई सम्मान दिनुपर्छ मिकरानीले भने ।उनले आगामी दिनहरुमा नामको लागि मात्र नभइ सहिदहरुको सम्मानको लागि बलिदानी दिवस मनाउन सुझाव दिनुभयो ।

   कार्यक्रममा सहभागी नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सहिदहरुको बलले केही नेताहरूले ठूलाठूला महल र गाडीको सुख भोगिरहरको आरोप लगाए ।एक मधेस एक प्रदेशको नारा २२ जिल्लाबाट झरेर ८ जिल्लामा सिमित भएको छ ।नेताहरू आफ्नै स्वार्थमा लिप्त भएकाले सहिदले देखेको सपना सपनामै सिमित भएको छ,उनले दु:ख ब्यक्त गरे ।उनले संविधान संसोधनमा एक मधेस एक प्रदेशलाई समेट्न समेत मधेसका नेताहरु सँग आग्रह गरे ।

    एक दशक भन्दा वढी समयदेखि हरेक वर्ष बलिदानी दिवस मनाइँदै आइरहेको भएपनि एकदिन पनि सहिद परिवारको घरदैलोमा गएर उनीहरूको अवस्था बारे जानकारी लिन आजसम्म कुनैपनि नेताहरु अगाडी नआएको जसपा का केन्द्रीय सदस्य जुल्फिकार अलीले गुनासो गरे।

 







No comments:

Post a Comment