Tuesday, January 5, 2021

दोस्रो चरणको आन्दोलनका लागि क्षेत्रीय अान्दोलन परिचालन समिति गठन




लोकतन्त्र समाचारदाता---

सर्लाही ,पुस २१

   ओलीको कदम विरुद्ध आन्दोलन गर्न मलंगवामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दोस्रो चरनको अान्दोलन कार्यक्रमका लागि २५१ सदस्यीय क्षेत्रीय आन्दोलन परिचालन कमिटी गठन गरिएको छ ।

    उद्योग वाणिज्य संघ मलंगवाको सभाहलमा आयोजित निर्वाचन क्षेत्र न-२ स्तरीय  अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका बिच नेकपा द्वारा घोषणा गरिएको दोस्रो चरणको आन्दोलनका लागि आन्दोलन परिचालन कमिटी गठन गरिएको पार्टीले जनाएको छ ।

   प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम विरुद्ध आन्दोलन  गर्न विभिन्न राजनीतिक दलले देशभर आन्दोलनका कार्यक्रमहरु संचालन गरिरहेका छन् ।

   


No comments:

Post a Comment