Monday, January 11, 2021

सहारा मल्टिपर्पसको १७ औँ वार्षिक साधारण सभाको उद्घाटन सम्पन्न, यसै वर्ष देखि संस्थाले मलंगवामा डिपार्टमेन्टल स्टोर संचालनमा ल्याउने

 



मनोज यादव---

सर्लाही ,पुस २७

     सर्लाहीको सदरमुकाम मलंगवामा  रहेको सहारा मल्टिपर्पस को-आपरेटिभ सोसाइटी लिमिटेडको सोमबार १७ औँ वार्षिक साधारण सभा अन्तर्गत उद्घाटन सत्र सम्पन्न गरिएको छ ।

    संस्थाका कार्यकारी अध्यक्ष  वसी अहमद मिकरानीको   अध्यक्षता एवं धुर्व प्रसाद खनालको प्रमुख आतिथ्यतामा मलंगवा  नगरपालिका वडा न-९ मा रहेको बालमन्दिरको सभाहलमा  साधारण सभाको उद्घाटन समारोह सम्पन्न गरिएको हो । सभामा अशोक खनाल , रामलक्षण राय,सुरेन्द्र लाल कर्ण ,भिखारी मंसुर लगायतले मन्तव्य राखेका थिए  ।

   संस्थाले आफ्नो १७ औं साधारणसभामा प्रस्तुत आर्थिक वर्ष २०७६/०७७ को वासलातमा उल्लेख गरे अनुसार सो अवधीको निक्षेप ५४ करोड ४३ लाख ११ हजार ८ सय ९५ रुपैया छ भने ५० करोड ५१ लाख २ हजार ८ सय ३२ रुपैया कर्जा प्रवाह गरेको छ ।यस वर्ष कोभिड -१९ का कारण ३१ लाख १७ हजार ६ सय मात्र लगानी भएको वासलातमा उल्लेख गरिएको छ ।

    संस्थाका कार्यकारी अध्यक्ष मिकरानीले कोभिडबाट प्रभावित भएका कारण शेयर सदस्यहरुले समयमै ब्याज बुझाउन नसक्दा संस्थाको नाफा जोखिम बेहोर्ने कोषमा राख्नु परेकाले १ करोड ४५ लाख १५ हजार ५ सय ३० रुपैया नोक्सान भएको जानकारी गराउनुभयो ।यदी शेयर सदस्यहरुले समयमै आफ्नो ब्याज बुझाएको भए  नाफा हुने थियो उहाँले बताउनु भयो ।उहाले संस्थाको ६ करोड २० लाख ९१ हजार उठ्न बाँकी रहेको रकमको ब्याज आएको भए संस्थालाई ४ करोड ७५ लाख रुपैया नाफा हुने थियो ,भन्नुभयो ।

    सोही अवसरमा संस्थाले  उत्कृष्ट फिल्ड कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गर्दै यसै आर्थिक वर्षबाट मलंगवामा डिपार्टमेन्टल स्टोर संचालनमा आउने बारे  मुख्य प्रबन्धक सुनिल कुमार गुप्ताले जानकारी गराउनु भएको छ ।

    विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोभिड -१९ कोरोना भाइरसका कारण पूरा विश्वनै आक्रान्त बनेको अवस्थामा यसको माहामारी फैलिन नदिन गरिएको लकडाउन निषेधाज्ञा लगायतका कारण अर्थतन्त्रका हरेक क्षेत्र प्रभावित भएको अवस्थामा पनि सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्ने कार्यमा तत्पर भई अनेकौं बाधा अडचनका बाबजुद पनि आफनो संस्थाले सेवा प्रदान गर्दै आइरहेको मुख्य प्रबन्धक गुप्ताले कार्यक्रममा उपस्थित अतिथिहरुलाई बताउनुभयो ।

   कार्यक्रममा संस्थाको मुख्य कार्यालय मलंगवा लगायत हरिवन,बरहथवा,हेटौंडा ,सिमरा(बारा)नारायणगढ ,निजगढ ,कोल्हवी सेवा केन्द्र र थप सेवा केन्द्र पर्सा(सर्लाही),गोडैता तथा खैरहनी पर्सा(चितवन)बाट आएका अतिथि ,कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment