Wednesday, January 6, 2021

दोस्रो दिनपनि प्रहरी द्वारा ७ बिगहामा लगाइएको गाँजा खेती नष्ट




राजिब साह----

सर्लाही , पुस २२ 

     सर्लाही प्रहरीले जिल्लामा अवैध रुपमा लगाइएका गाँजा खेती नष्ट गर्ने अभियानको क्रममा मंगलबार ७ बिगहा जग्गामा  लगाइएका अन्दाजी ७० हजार गाँजाको बोट नष्ट गरेका छन् । 

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरका अनुसार विशेष सूचनाको आधारमा मंगलवार लालबन्दी नगरपालिका वडा न-१४ पत्थरकोटमा अवैध रुपमा लगाइएको लागुऔषध गाँजा फडानी गरिएको छ ।

   सोमबार मात्र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा  लालबन्दी नगरपालिका वडा न– १४ नारायणखोला स्थित करिव ९ बिगाह क्षेत्रफलमा  लगाइएको करिब ९० हजार गाँजाको बोट नष्ट गरिएको प्रवक्ता कुवँरले  जनाएको छ।


No comments:

Post a Comment