Saturday, January 23, 2021

समाचार लेखेकै कारण पत्रकारलाई जेल सजाय हुने कानुन समाप्त हुनुपर्ने नेपाल पत्रकार महासंघका राष्ट्रिय अध्यक्ष गोविन्द आचार्यको भनाई

 

 समाचार लेखेकै कारण पत्रकारलाई जेल सजाय हुने कानुन समाप्त हुनुपर्ने नेपाल पत्रकार महासंघका राष्ट्रिय  अध्यक्ष गोविन्द  आचार्यको भनाई


लोकतन्त्र समाचारदाता----

सर्लाही , माघ १०

    जनताकाे हक अधिकार र समाजमा घटेका यथार्थ घटनाको समाचार  बनाएकै  कुरालाई लिएर पत्रकारलाई जेल सजाय र दण्ड जरिवाना गराउने खालका कानुन समाप्त गरि   प्रेस पुर्ण रुपमा स्वतन्त्र  नभए सम्म देशमा  संघीयता र लाेकतन्त्र स्थापित नहुने नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताएको छ ।  नेपाल पत्रकार महासंघका राष्ट्रिय अध्यक्ष गाेविन्द  आचार्यले अाज(सनिवार) नेपाल पत्रकार महासंघ सर्लाही शाखाकाे  १० अाै साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथिको आसनबाट उहाँले यस्तो बताउनुभएको हो ।  

      सदरमुकाम मलंगवामा आयोजना भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पाेखरेल, केन्द्रीय सचिव सितल महताे, केन्द्रीय काेषाअधयक्ष राजेश मिश्र र प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र चाैहान लगायतका अतिथीहरूले पनि प्रेस स्वतन्त्रकाे वकालत गर्दै पत्रकारहरूकाे हक-अधिकारकाे बारेमा आआफ्नोे  धारणा राखेका थिए । 

    सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुरको अध्यक्षतामा आयोजना भएको  कार्यक्रममा सर्लाही शाखाको   वर्तमान जिल्ला कार्यसमितिको तर्फबाट शाखाको  स्थापनाकाल देखिका ५ जना पुर्व अध्यक्षहरुलाई उहाँहरुले आ-आफ्नो कार्यकालमा  जिल्लाका श्रमजीवी पत्रकारहरुको हकहित  र  पत्रकारिता विकासको लागि खेल्नु भएको  भूमिकाको कदर गर्दै सम्मानित गरिएको छ । साथै सर्लाही शाखाको आफ्नै निजी भवन नभएको अवस्थामा निजी भवन निर्माणका लागि जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको अर्धनिर्मित भवनसहित जग्गा यस शाखाको नाममा हस्तान्तरण गरेर सहयोग पुर्याएको भन्दै समन्वय समितिका सभापति मेथुर चौधरीलाई समेत सोही कार्यक्रममा सम्मानित गरिएको छ ।

     मलंगवा स्थित जानकी फैमिली होटलको सभाहलमा आयोजना भएको कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, केन्द्रीय सचिव शितल महतो,केन्द्रीय कोषाध्यक्ष राजेश मिश्र , प्रतिनिधि सभाका निवर्तमान सांसद प्रमोद साह, प्रदेश सांसद अशोक यादव, संजय यादव, प्रजिअ सुरेन्द्र पौडेल ,प्रहरी उपरीक्षक संतोष सिंह राठौर,शसस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ ,मलंगवा नगरपालिकाका नगरप्रमुख निरसल साह,उपप्रमुख शान्ती सबनम मिकरानी, गोडैता नपा प्रमुख देवेन्द्र यादव लगायत विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,विभिन्न संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

 शाखाका कोषाध्यक्ष रामगोविन्द  यादवले  आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै १० औं साधारणसभा सम्पन्न भएको छ

    




No comments:

Post a Comment