Thursday, January 21, 2021

सर्लाहीमा एकबिहानै यात्रुवाहक बस दुर्घटना /२ को मृत्यु १७ जना घाइते


सर्लाहीमा एकबिहानै यात्रुवाहक बस दुर्घटना /२ को मृत्यु १७ जना घाइते

मनोज यादव----

सर्लाही ,माघ ८

      पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा आज (बिहिवार) बिहान  बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । मृत्यु हुनेमा दाङको राप्ती गाउँपालिका-५ बस्ने ३६ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँ बस्ने २३ वर्षीया रिता चौधरी रहेका छन्। राजकुमारीको घटना स्थलमै र रिताको उपचारकोलागि बिरगंजतर्फ लाँदै गर्दा बाटोमा  मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ ।

     आज बिहान पौने ५ बजे दाङबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ४४८८ नम्बरको बस हरिवन नगरपालिका वडा न-५ स्थित सशस्त्र प्रहरीको बेस क्याम्प नजिक आफै अनियन्त्रित भइ रोडदेखि १० मिटर तल  पल्टिएर दुर्घटना भएको हो । बसमा  सवार ३० जना यात्रु मध्ये एकजनाको घटना स्थलमै र एकजनाको उपचारको लागि बिरगंज लाने क्रममा मृत्यु भएको छ । 

   चालक सहित ५ जनाको  अवस्था गम्भिर रहेका कारण न्युरो अस्पताल बिरगंज उपचारको लागि पठाइएको अरु ३ जनाको नमुना अस्पताल हरिवनमा र ९ जनाको अवस्था सामान्य रहेका कारण  स्वाभिमान अस्पताल हरिवनमा उपचार भई रहेको प्रहरी प्रवक्ता कुवँरले जानकारी गराएको छ । 

    बसमा सवार बाँकी ११ जना यात्रु भने सकुशल  रहेका छन् ।

No comments:

Post a Comment