Friday, January 29, 2021

मलंगवामा सहिद दिवसको उपलक्ष्यमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना

 


मलंगवामा सहिद दिवसको उपलक्ष्यमा विद्यालय स्तरीय नृत्य प्रतियोगिताको आयोजना

राजिव साह----

सर्लाही ,माघ १६

    सहिद दिवसको उपलक्ष्यमा नेपाली  डि पी वैटल सर्लाहीले आयोजना गरेको  निमावि  स्तरीय नृत्यकला प्रतियोगितामा माउन्ट एभरेस्ट स्कुल प्रथम भएको छ ।एकवटा सरकारी तथा ११ वटा निजी गरि १२ वटा निमाविहरुको सहभागी रहेको प्रतियोगितामा  सगरमाथा दोस्रो, साउथ प्वाइन्ट तेस्रो र अलफलाइन बोर्डिङ स्कुल चौथो भएका छन् ।

     सदरमुकाम मलंगवा स्थित बालमन्दिरको सभाहलमा मेयर निरसल साहको प्रमुख आतिथ्यता तथा नेपाली डि.पी बैटलका जिल्ला अध्यक्ष प्रिंस गुप्ताको अध्यक्षतामा  आयोजना भएको कार्यक्रममा विशिष्ठ अतिथी सहारा मल्टी पर्पस को. सो. लि. का मुख्य प्रबन्धक सुनिल कुमार गुप्ता तथा  पुर्व प्र.अ. महेन्द्र प्रसाद कर्ण , मानव अधिकारवादी मुकेश मिश्र, सगरमाथा स्कुलका प्रअ  तिलक क्षेत्री, लगायत सहभागी विधालयका शिक्षक–शिक्षकाहरुको उपस्थिति रहेको थियो ।

   प्रतियोगिताका विजेताहरुलाई  मेयर निरसल साहले  नगद तथा  प्रमाणपत्र प्रदान गर्नुभएको थियो  ।

No comments:

Post a Comment