Tuesday, January 26, 2021

भारतको ७२ औं गणतन्त्र दिवस सर्लाहीको मलंगवामा पनि मनाइयो ।

 भारतको ७२ औं गणतन्त्र दिवस सर्लाहीको मलंगवामा पनि मनाइयो ।  

राजिव साह---- 

सर्लाही ,माघ १३

    नेपाल भारत मैत्री संघ शाखा मलंगवाको आयोजनामा मित्र राष्ट्र भारतको ७२ औं  गणतन्त्र दिवस सर्लाहीको सदरमुकाम मलंगवामा पनि मनाइएको छ । 

   सोमबार नेपाल भारत मैत्री संघ सर्लाहीका  महेन्द्र प्रसाद कर्णको अध्यक्षता तथा मलंगवा  नगरपालिका मेयर निरसल साहको प्रमुख आतिथ्यतामा  बाल मन्दिरको सभाहलमा एक कार्यक्रमको आयोजना गरि यो दिवस मनाइएको हो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा उपमेयर शान्ति सवनम मिकरानी मैत्री संघका सभापति रामदेव ठाकुर , गजेन्द्र प्रसाद गुप्ता , उद्योग बाणिज्य संघ मलंगवाका  अध्यक्ष बिरेन्द्र प्रसाद साह, मानव अधिकार जिल्ला संगठन सभापति रजनीकान्त झा, नागरिक समाज सर्लाहीका जिल्ला अध्यक्ष उग्रकान्त झा लगायत नागरिक समाजका अगुवा  ,सेवानिवृत शिक्षक र बुद्धिजीवीहरुले नेपाल-भारत बिचको सम्बन्ध तथा मित्रताको बारेमा चर्चा गरेका थिए ।  

    कार्यक्रमको उद्घाटन  अतिथिहरुले भारतका राष्ट्रपिता महात्मा गाँधीको तश्विरमा माल्यार्पण गरेर गरेका थिए । सोही अवसरमा सगरमाथा विद्यालयका विद्यार्थीहरुले  एउटै मञ्चबाट दुवै देशको राष्ट्रगान वाचन गरेर सुनाएको  कार्यक्रमका संचालक तथा मानवअधिकारकर्मी मुकेश मिश्रले बताए ।

No comments:

Post a Comment