Thursday, January 7, 2021

मालपोत कार्यालयका सुब्बा र लेखनदास अख्तियारको फन्दामा

 




लोकतन्त्र समाचारदाता-----
सर्लाही ,पुस २३
    अख्तियारको टोलीले सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयबाट एकजना सुब्बा र एकजना लेखनदास(लेखापढी व्यवसायी )लाई  घुससहित नियन्त्रणमा लिएको छ ।



     महोत्तरीको बर्दिबास स्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले बिहिवार दिउँसो हरिवन मालपोतमा कार्यरत   नायब सुब्बा बेधनिधी बराल र लेखनदास(लेखापढी व्यवसायी) रामसुन्दर महतोलाई ११ हजार घुस रकमसहित पक्राउ गरेका हुन ।
     सुब्बा बराल र लेखनदास महतोलाई  लालपूर्जामा नाम सच्याइदिने भन्दै सेवाग्राहीसँग ११ हजार रुपैयाँ घुस लिएको आरोपमा कार्यालयबाटै पक्राउ गरि  थप अनुसन्धानका लागि अख्तियारको बर्दिवास स्थित कार्यालय लाने तयारी भइरहेको जनाइएको छ ।

No comments:

Post a Comment