Monday, January 4, 2021

माघे संक्रान्तिको लागि तरुल खन्न ब्यस्त सर्लाहीका किसान

 





राजिव साह----

सर्लाही ,पुस २०

    माघे संक्रान्ति नजिकिएसँगै सर्लाहीको पश्चिम क्षेत्रका किसानहरु तरुल खन्न सुरु गरेका  छन । व्यवसायिक रुपमा तरुलको खेती गर्दै आएका किसानहरु अहिले  तरुल खन्न ब्यस्त भएका हुन्  ।

   व्यापारीहरु अहिले किसानको खेतमै पुगेर धमाधम तरुल खरिद गरिरहेका छन् । माघे संक्रान्ति आउन अझ केही दिन  बाँकी भएपनि अन्यत्र निकासीका लागि अहिले देखिनै तरुल खन्न थालिएको हो । किसानहरु लाई संक्रान्तिसम्म नै तरुल खन्ने चटारो हुन्छ । 

     सर्लाहीमा शंकरपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया लगायतका क्षेत्रमा व्यवसायिक रुपमा तरुल खेती हुँदै आएको छ । तरुल खेतीबाट यहाँका किसानले वर्षेनि  राम्रो आम्दानी गर्दै आएका छन् ।  किसानले खेतबाटै बेच्ने तरुल व्यापारीहरु आफैले मजदुर लगाएर खनेर लाने गर्छन । 

    तरुल यो वर्ष तरुल प्रतिकठ्ठा १५ देखि २० हजार रुपैयाँसम्ममा बिक्री भइरहेको किसानले  बताए ।  सर्लाहीका किसानले फलाएको तरुल बढी मात्रामा काठमाण्डौं लाने गरिएको व्यापारीहरुले बताएका छन् । 

   यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाण्डौं सहित   पोखरा, वीरगन्ज, इटहरी लगायत प्रमुख बजारसम्म पुग्ने गरेको छ ।


No comments:

Post a Comment