Sunday, January 24, 2021

नेपाल भारत सिमानाका खोल्ने उपप्रधानमन्त्रीको आश्वासन पूरा भएन

 नेपाल भारत सिमानाका खोल्ने उपप्रधानमन्त्रीको आश्वासन पूरा भएन

    "सिमानाका खुल्ने आशमा जनता"


राजिव साह----

सर्लाही,माघ ११

    कोरोना महामारी सुरु भए संगै भारत र नेपाल सरकारको संयुक्त निर्णय अनुसार गत  चैत्र ११ गते भारत संग सिमाना जोडिएका साना तथा मझौला प्रमुख नाका बन्द गरियो ।  अघोषित नाका बन्दले सिमापारी ओहर दोहर गर्न सर्वसाधारण बैकल्पिक रुपमा चोर बाटो हुँदै नेपाल भारत आउने जाने रोकिएन । मुख्य नाक नै बन्द गरेर  सरकारले जनतालाई दुख मात्र दिएको स्थानीयवासीको आरोप छ । करिव १० महिना देखि सर्वसाधारण सिमानाका खुल्छ भन्ने आशमा  छ ।


  लामो समय देखि सर्वसाधारण खेत आरीको बाटो हुँदै ओहर दोहोर गर्न बाध्य भएका छन् भने मोटरसाइकल , रिकसा साना तथा ठूलो गाडी प्रतिबन्ध लगाएको छ । मलङ्वा संग सिमना जोडिएको सोनबर्सा बजार दैनिक सयौंको संख्यामा मानिसहरु ब्यापार ,उपचार बिहेबारी गर्न बाट बन्चित भएका छन् । नाका बन्दले धार्मिक संस्कृति र बेटि रोटी को सम्बन्धमा समेत असर परेको  मानव अधिकार जिल्ला संगठन जिल्ला सभापति  रजनीकान्त झाले बताए ।



लामो समय देखि बन्द सिमा नाकालाई लिएर  नागरिक समाज, राजनीति दलले आन्दोलन परिचालन समिति बनाएर मंसिर ३१ गते सदरमुकाम पुस १ गते जिल्ला बन्द समेत नै गरेको थिए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरे संगै आन्दोलनको कार्यक्रम स्थगित भयो । 


सर्लाहीको मलङ्वामा आयोजित नेकपा आम सभालाई सम्बोधन गर्न  पुस २८ गते  आएका उपप्रधानमन्त्री ईश्वर पोखरेल  कार्यक्रमलाई सम्बोधन गर्दै २र४ दिनमा सिमानाका खोल्ने प्रतिबद्धता गरेका थिए  । तर  १० दिन बितिसक्दा पनि सिमानाका खोल्ने बारे जिल्ला प्रशासन कार्यालय सर्लाही अझै बेखबर छ । प्रमुख जिल्ला अधिकारी सिमा नाका खोल्ने इच्छा भए पनि  केन्द्रीय निर्णयको प्रतीक्षा गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । 

उपप्रधानमन्त्री मन्त्री जस्तो गरिमामय पदका ब्यक्तिले दिएको बचन कार्यन्वयन नहुदा नागरिकमा  बिश्वास घटेको नागरिक समाजले बताएको छ ।  कोरोनाको नाममा सर्वसाधारणलाई दुख दिनु भन्दा सहज आवतजावतको खुला गर्न नागरिक समाज र स्थानीयको माग छ ।

No comments:

Post a Comment