Tuesday, January 5, 2021

मोटरसाइकलको ठक्करबाट जंगली हरिणको मृत्य

 



लोकतन्त्र समाचारदाता----

सर्लाही ,पुस २१

     सर्लाहीको बागमती नगरपालिका वडा न-३ स्थित नयाँरोड- बरहथवा सडक खण्डमा सोमबार साँझ  मोटरसाइकलको ठक्करबाट जंगली जनावर हरिणको ज्यान गएको छ।

   नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको प्र.१–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा  हरिणको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुँवरले जनाएको छ। हरिणलाई ठक्कर दिएपछि  मोटरसाइकल समेत पल्टिँदा सप्तरी जिल्लाको कन्चनरुपा नगरपालिका वडा न-११ का २२ वर्षीय सुनिल थापा  र पछाडी सवार सर्लाहीको हरिपुर नगरपालिका वडा न-१ का २५ वर्षीय शिवकुमार महतो समेत घाइते भएको  प्रवक्ता कुँवरले जानकारी दिए।

   मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जंगली जनावर  हरिणलाई इलाका वन कार्यालय मूर्तियाको जिम्मा लगाएको  प्रहरीले जनाएको छ।


No comments:

Post a Comment