Friday, January 8, 2021

औरही बजारमा रहेको मोबाइल पसलको ताल्चा तोडेर चोरी

 


लोकतन्त्र समाचारदात---

सर्लाही, पुस २४

    सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा न- ८ औरही बजारमा रहेको एक मोबाइल पसलमा बिहिवार राती चोरी भएको छ । प्रहरी चौकी नजिकै रहेको आयुष  मोबाईल सेन्टरमा  चोरी भएको स्थानीय  किशन कुमार साहले जनाएको छ । 

     अज्ञात चोरले  रातको समयमा काठको कठघेरामा संचालन गरेको   पसलको गेटमा लगाइएका ३ वटा ताल्चा तोडेर  पसल भित्र  रहेको नगद रु ७ हजारसहित ३० थान  मोबाइल, बैट्री ,१ थान ल्यापटप ,चार्जर,हेडफोन , ब्लुतूथ, गरि जम्मा १ लाख रुपैयाँ भन्दा बढीको  इलेक्ट्रोनिक समानहरु चोरी भएको पसलका संचालक राजिव साहले    जानकारी दिएको छ । 

   पसलमा चोरी गर्ने ब्याक्तीको बारेमा पत्ता लगाउने काम भैरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment