Wednesday, July 21, 2021

दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

 




लोकतन्त्र समाचारदाता--

सर्लाही,श्रावण ६

    सर्लाहीमा  नेपाल छात्रवृति कार्यक्रम अन्तर्गत १०० जना दलित बालबालिकालाई  छात्रवृति वितरण गरिएको छ ।

   नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाही तथा  सेभ द चिल्ड्रेनको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम (NCSEP) अन्तर्गत छ्नौटमा परेका जिल्लाको कबिलासी ,हरिपुर्वा ,मलंगवा ,गोडैता नगरपालिका र ब्रहम्पुरी , चन्द्रनगर गाउँपालिका भित्रका १०० जना दलित बाल बालिकालाई छात्रवृत्ति वितरण गरिएको संस्थाका कार्यक्रम अधिकृत गोविन्द पासवानले  जानकारी दिएको छ ।छात्रवृत्ति रकम प्रत्येक तीन-तीन महिनामा वितरण हुँदै आएको छ ।

  कबिलासी कलस्टरमा आयोजना गरिएक  छात्रवृत्ति वितरण  कार्यक्रममा नेपाल राष्ट्रिय दलित  समाज कल्याण संघका अध्यक्ष राजेश पासवान ,वडा अध्यक्ष बिरेन्द्र साह ,प्रधानाध्यापक कमलेश्वर झा ,संस्था का सदस्य सोगारथ  पासवान,प्रमोद पासवान लगायतको उपस्थिति  रहेको  थियो ।

No comments:

Post a Comment